नेपालमा कोरोना संक्रमणबाट हालसम्म १३ सय भन्दा बढीको मृत्यू

काठमाडौं। नेपालमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ ।

मन्त्रालयले शनिबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप एक हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।

प्रतिक्रया दिनुहोस्