चप्परगौडीमा नयाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

कोहलपुर। बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौडीमा नयाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

वडा नं. १२ का कार्यवाहक अध्यक्ष नैनबहादुर शाहीको अध्यक्षता, कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतको प्रमुख आतिथ्यता र कोहलपुर नगरपालिका स्वास्थ्य सेवा विभागका कर्मचारीहरु तथा वडा कार्यालय र सेवाकेन्द्रका कर्मचारीहरुको उपस्थितीमा उक्त सेवाकेन्द्रको उद्घाटन गरिएको हो ।

कोहलपुर-१२ का सेवाग्राहीहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि चप्परगौडीमा नयाँ स्वास्थ्य केन्द्रको सुरुवात गरिएको कार्यवाहक वडाध्यक्ष नैनबहादुर शाहीले जानकारी दिए ।

तस्बिरः वडा कार्यालयको फेसबुक वालबाट

प्रतिक्रया दिनुहोस्