धादिङमा कार र टिपर एकआपसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते

धादिङ। धादिङको गजुरी गाउँपालिका–५ मा पर्ने पृथ्वीराजमार्गको गलौँदीमा आइतबार बिहान कार र टिपर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ज २३५६ नम्बरको कार र काठमाडौंबाट गजुरी आइरहेको बा४ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ का २४ वर्षीय दिपेश केसीको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

खड्काका अनुसार दुर्घटनामा परेर दाङको शान्तिनगर नगरपालिका –९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलंकी निवासी सुधीर सुवेदी घाइते भएका छन्। घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रया दिनुहोस्