कांग्रेस सरकारमा नजाने प्रवक्ता विश्वप्रकास शर्माद्वारा प्रस्टीकरण

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी निर्वाचनअघि सरकारमा नजाने स्पष्ट पारेको छ।

सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता साझेदारीका लागि प्रस्ताव गरेका समाचारहरु सार्वजनिक भएका थिए।

सो भेटलाई लिएर यतिबेला सरकार परिवर्तन हुन सक्ने आकलन भइरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले आफ्नो पार्टी सरकारमा नजाने प्रस्टीकरण दिएका हुन्। शर्माले भने, सभापति देउवासँग के कुरा भयो त्यो आफ्नो ठाउँमा छ, यसबारे मलाई अवगत भएन, तर यो अवस्थामा कांग्रेस सरकारमा जाँदैन।

नेकपाको आफ्नै किचलो नसुल्झिएको बेलामा आफूहरु त्यसप्रति निरपेक्ष रहेको र यो बेला सरकारमा जाने समय नरहेको पनि उनले बताए। साथै आइतबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा समेत प्रवक्ता शर्माले कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश भएकाले नेकपाको जोडघटाउमा सहभागी नबन्ने बताएका छन्।

‘नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं, यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं, उनले ट्विटरमा लेखेका छन्।ु

प्रतिक्रया दिनुहोस्