फेरिए उपत्यकाका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी

काठमाडौं। काठमाडौं उपत्यका दुई जिल्ला काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराईलाई पठाइएको छ। काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए ।

काठमाडौंका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए भने भक्तपुरका सीडीओ भट्टराई धनुषामा प्रमुख जिल्ला अधिकारी थिए । धनुषामा बन्धु बाँस्तोलालाई पठाइएको छ ।

प्रतिक्रया दिनुहोस्