नायक पल शाहसंग अनुभुती श्रेष्ठको मनको माया अब म्युजिक भिडियोमा

काठमाडौं । नायक पल शाह र अनुभुति श्रेष्ठ अभिनित गीत मनको मायाँलाई म्युजिक भिडियोसहित सार्वजनिक गर्ने तयारी भएको छ । श्रेष्ठले यो गीतबाट म्युजिक भिडियोमा डेब्यु गरेकी छिन ।

म्युजिक भिडियोलाई एस थ्रि के इन्टरटेन्मेट युटुव च्यानलबाँट सार्वजानिक गरिने निर्माण पक्षले जनाएको छ । चर्चित गायिका मेलिना राई र नरेस जोगीको स्वर रहेको उक्त गीतको शब्द, संगीत भने गायक स्वयंम नरेस जोगीको छ ।

विक्रम चोहानको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन र सम्पादन मीलन विश्वकर्माको रहेका छ ।

गीतको उत्पादकमा राजाराम सिम्खडाले रहेका छन् ।
राइज एण्ड साईन ब्यानरमा निर्माण रहेको उक्त गीतको म्युजिक भिडियोको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। म्युजिक भिडियोलाई छिट्टै बजारमा ल्याउने निर्माण पक्षले जनाएको छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्