देशभर मनाइयो स्व.राजा वीरेन्द्रको ७६औ जन्मजयन्ती (तस्वीरमा )

पश्चिम् व्युरो, कोहलपुर । नेपाली जनताका सर्वप्रीय तथा शान्तिका प्रतीक स्वर्गीय राजा वीरेन्द्र विर विक्रम शाहको ७६औ जन्मजयन्ती देशका विभिन्न स्थानमा मनाईएको छ ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तिको अवसरमा राजधानी काठमाडौसहित देशका विभिन्न स्थानहरुमा राजाबादी विभिन्न संघ/सस्था तथा दरवार निकट र राजसस्थाप्रति आस्था राख्ने नेपालीले उनको सम्झनामा बिबिध कार्यक्रम गरे । वीरेन्द्र नेपालका दशौं शाहवंशीय राजाका रूपमा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ गते आजकै दिन भएको थियो ।

उनको सम्झनामा काठमाडौ ,वीरगन्ज ,सिरहा, चितवन ,सुर्खेत र रुपन्देहीमा शाहको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरि मनाइएको छ ।

राजधानी काठमाडौमा मातृभुमी संरक्षण नेपाल, वीरगन्जमा राष्ट्रिय सरोकार मंच,सिरहामा जनतान्त्रिक मुक्ति मोर्चा, सुर्खेतमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघलगएतको आयोजनामा कार्यक्रम गरिएको छ ।

नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घटनाका रूपमा विक्रम सम्वत २०५८ साल जेठ १९ गतेको दिन शुक्रवार नारायणहिटी दरवारभित्र शान्तिप्रेमी राजा वीरेन्द्रको वङ्सनास भएको अप्रिय खवर सुन्नु परेको थियो । जुनदिनलाई नेपाली जनताले अहिलेपनी कालोदिनका रूपमा सम्झिरहेका छन ।

 

प्रतिक्रया दिनुहोस्