रुपन्देहीमा शिव सेना नेपालले मनायो स्व.राजा वीरेन्द्रको जन्म जयन्ती

बुटवल । शान्तिका प्रतीक स्व.राजा वीरेन्द्र शाहको ७६औं जन्म जयन्ती तथा स्मृति दिवस आज रुपन्देहीमा पनि मनाइएको छ ।

शिव सेना नेपाल रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा शिव सेना नेपाल रुपन्देहीका अध्यक्ष बिपीन मल्लिकको अध्यक्षता एवं पुर्व मन्त्री प्रकाश चित्रकारको प्रमुख आतिथ्यता थियो ।

सचिव कृष्ण गैरेले संचालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष शैलेन्द्र मोहन शाही , स्व. श्री ५ पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रमेश शर्मा , गिता अध्ययन तथा प्रचार मण्डलका अध्यक्ष शिव ढकाल , पुर्व मन्त्री प्रकाश चित्रकार र शिव सेना नेपाल रुपन्देहीका अध्यक्ष बिपीन मल्लिक ले मौसुफ सरकारको योगदानको बारेमा चर्चा गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रया दिनुहोस्