
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न बैंकहरुलाई पत्र लेखेका छन् ।
दुवै अध्यक्षले नेपाल कम्युनिस्ट पार्टी वा साविक नेपाल कम्युनिस्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) को नाममा रहेको खाताहरु अर्को निर्णय नभएसम्म रोक्का गरिदन अनुरोध गर्दै बैंकहरुलाई पत्र काटेका हुन् ।
नेकपाको फुट सँगै सम्पत्तीको विषयलाई लिएर पनि विवाद सुरु भएको छ । यसअघि चुनाव चिह्न र कार्यलयका बारेमा विवाद थियो ।