वाणिज्य बैंकका पूर्व प्रवन्धक सहित अन्य ७ जनालाई साढे ९ करोड बिगोसहित आरोपपत्र दर्ता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रवन्धक सहित ८ जनामाथि साढे ९ करोड बिगो सहित आरोप पत्र दायर गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोक स्थित रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्यांकन कर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाइ ऋण प्रवाह गरेको आरोपमा उनीहरूका विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उनीहरूलाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दूरुपयोग आयोगले विशेष अदालत काठमाडौंमा आज बुधबार आरोपपत्र दायर गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकामा अवस्थित राष्ट्रिय वाणिज्य बैंक तत्कालनि प्रवन्धक ललितवहादुर शाहीलाई एक करोड २५ लाख बिगो सहित आरोपपत्र दायरा गरिएको हो । सोही शाखाका नगद सहायक कलवहादुर ओली क्षेत्री, प्रिन्सी गुप्ताका विरुद्ध अख्तियारले सवा करोड/सवा करोड बिगो सहित आरोपपत्र दर्ता गरिएको हो ।

त्यसरी नै रिजवान अहमद जसगढ, फहमिदा बानो जसगढ, जग्गाको  सूचीकृत धितो मूल्यांकन कर्ता कर्णवहादुर केकेलाई सवा सवा करोड र सकिना जसगढलाई ७५ लाख रुपैयाँ बिगो सहित आरोपपत्र दर्ता गरिएको प्रवक्ता तारानाथ अधिकारीद्वारा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

किर्ते कागजहरूको आधारमा किर्ते धितो मूल्यांनक गरी गरेको पाइएको छ ।  कागजातहरू राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पु¥याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको  नोक्सान गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरूका विरुद्ध आरोपपत्र दायरा गरिएको हो ।

 

प्रतिक्रया दिनुहोस्