राप्रपा बाँकेको निर्वाचन क्षेत्र नं.१ काे क्षेत्रिय भेलाको तयारी तीब्र

कोहलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेले काेहलपुरमा हुन गइरहेको निर्वाचन क्षेत्र नं. १ काे क्षेत्रिय भेलाको तयारी तीब्र पारेको छ ।

यही पुस १८ गते हुन गइरहेको भेलालाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठ्न गरिएको राप्रपा काेहलपुर नगरकार्य समितिले जनाएको छ । कोहलपुरमा सम्पन्न समितिको बैठकले क्षेत्रिय भेलालाई भव्य रुपमा सम्पन्न गर्नकाे लागि विभिन्न उपसमिति गठन गरि जिम्मेवारी बाडफाट गरेको छ ।

समितिले मञ्च ब्यवस्थापन उपसमितिको संयाेजकमा भिम प्रसाद अधिकारी, जनपरिचालन तथा प्रचारप्रसार उपसमितिकाे संयाेजकमा तिलक शाही, चिया नास्ता ब्यवस्थापन उपसमितिकाे संयाेकमा कमल शाही, यातायात ब्यवस्था उपसमितिकाे संयाेजकमा प्रमाेद श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

भेलामा पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण लगाएतका विषयमा प्रशिक्षण दिइने जनाईएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्