कोरोना संक्रमणबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ । उनी २७ वर्षीय नेपाली युवक तिलबहादुर राना रहेको बुझिएको छ ।

साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनले विगत दुई वर्षदेखि पोर्चुगललाई  आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैटौं व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ ।

राना मृत्युले  नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले  बताए ।

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्