उखु किसानलाई एक महिनाभित्र बक्यौता भुक्तानी गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र भुक्तानी दिन सरकारको नाममा आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीकाे एकल ईजलाशले यस्ताे आदेश गरेको हो ।

काठमाडौंसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार र धर्ना गर्नु पर्ने स्थिति आफैमा अन्यायपूर्ण मात्र नभएर लोक कल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकोले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नु पर्ने रकम उद्योगबाट उखु किसानहरुलाई भुक्तानी दिनू/ दिलाउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

नेपालको संविधानको धारा १३२ (२) र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत् विपक्षीहरुलाई दिई लिखित जवाफ पेस गर्नसमेत भनिएकाे छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्