कैलालीको गोदावरीमा बेवारिसे अवस्थामा शव भेटियो

कैलाली । कैलालीमा एकजनाको शव भेटिएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव भेटिएको हो।

प्रहरीका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको छ । शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ ।

 

 

 

प्रतिक्रया दिनुहोस्