रूखको हाँगाले लागेर एक महिलाको मृत्यु

कञ्चनपुर। रूखको हाँगाले लाग्दा शुक्लाफाँटा नगरपालिका-७ स्टेशनपुरकी ३७ वर्षीया पार्वती कुँवरको मृत्यु भएको छ।

 

शुक्रबार बिहान वातावरण मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएकी कुँवरको दाउरा काट्ने क्रममा रूखको हाँगाले टाउकोमा लाग्दा गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्त प्रेमबहादुर धानुकले बताए।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले रूखको हाँगाले लाग्दा महिलाको मृत्यु भएको खबर वडा अध्यक्षमार्फत पाएपछि टोलीलाई बुझ्नका लागि त्यसतर्फ पठाइएको बताए।

प्रतिक्रया दिनुहोस्