
कालिकोट । स्याउला लिन जंगल गएकी कालिकोटकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर शुक्रबार मृत्यु भएको हो ।
वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया श्रीमती गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।
भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए ।
बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए ।
इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा नै मृत्यु भएको पुष्टि भएको छ ।