मोटरसाइकलमा सवार आमाछोरी माथि बाघले गर्यो आक्रमण ,आमा बेपत्ता

कोहलपुर । पुर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा सवार कैलालीका आमाछोरामाथि पाटेबाघले आक्रमण गरेको छ।

कैलालीको लम्किचुहा नगरपालिका–४ का युवक र उनकी आमा ५० वर्षीय नन्कला थापामाथि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम सडक खण्डमा बाघले आक्रमण गरेको हो।

आमाछोरा मोटरसाइकलमा घरतर्फ आउन लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ।

छोराले मोटरसाइकल चलाईरहेको बेला पछाडि बसेकी थापालाई पाटेबाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन।अहिले निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बताइएको छ।

 

प्रतिक्रया दिनुहोस्