
बैतडी। स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ।
पाटन-पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।
बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना प्रहरीले जनाएको छ।
स्काभेटर सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ। घटनाको थप अनुसन्धानका लागि र्इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ।