कैलालीमा हिन्दुजागरण नेपालको विद्यार्थी विभाग गठन

कैलाली । हिन्दुजागरण नेपालले कैलालीमा विद्यार्थी विभाग समिति गठन गरेको छ। हिन्दु जागरण नेपाल जिल्ला कार्य समिति कैलालीका अध्यक्ष श्याम भट्ट शास्त्री को अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो ।

बैठकले मिमराज ऊपाध्यायको अध्यक्षतामा विद्यार्थी विभाग समिति गठन गरेको जनाएको छ । जसको उपाध्यक्षमा विक्रम कटेल (अतरीया),सचिवमालक्ष्मण खत्री, सहसचीवमा नवराज नाथ तथा कोषाध्यक्षमा सरस्वती खत्री रहेका छ्न ।
यसैगरी सदस्यमा लक्ष्मी पौडेल, मोतीराम भण्डारी, सागर भट्ट, चित्र रेग्मी, विपीन देवकोटा, पुष्कर कठायतलगायत ११ सदस्य रहेका छ्न ।

आगामी दिनहरूमा जिल्लाभरका मावी, स्तरका स्तह र क्याम्पस स्तरका सबै विद्यार्थीलाई संगठित गर्दै धर्म संरक्षणमा सक्रिय बनाउन अभियान थाल्ने जनाइएको छ ।
कार्यक्रम घोडाघोडी संस्कृत विद्यालयका प्र.अ ज्ञानचन्द्र उपाध्यायको प्रमुख आथित्यता रहेको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्