हेटौंडाको होटल सामनालाई सिद्धार्थ बिजनेस ग्रुपद्वारा सञ्चालन सुरु

हेटौंडा । हेटौंडाको मेनरोडमा रहेको होटल सामनालाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले सञ्चालन सुरु गरेको छ । आजबाट औपचारिक रुपमा सिद्धार्थ ग्रुपले सञ्चालन गर्न लागेको हो ।

होटलमा पत्रकार सम्मेलन गर्दै पहिलेको भन्दा केही सुविधाहरु थप गरेर होटल सञ्चालन गर्न लागिएको सिद्धार्थ ग्रुपका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले वताउनुभयो ।

होटलमा ५८ वटा कोठा, तालिम र पार्टीका लागि ३ वटा सभाहल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम, स्वीमिङ पुल लगायतका सुविधाहरु रहेको होटलका निर्देशक गौरब आचार्यले वताउनुभयो ।

होटल सामना प्रालिलाई थप गुणस्तरिय बनाउने उदेस्यका साथ होटल क्षेत्रमा सहकार्य गरेर काम गर्न सुरु गरेको होटलसंचालकले जनाएकाछन् । देशका विभीन्न जिल्लामा सिद्धार्थ ग्रुपले होटल सञ्चालन गर्दै आएको छ ।

देशका विभीन्न स्थानमा २८ वटा शाखा सञ्चालन गरिएको सिद्धार्थ ग्रुप का कार्यकारी प्रमुख न्यौपानेले बताउनुभयो ।

 

 

प्रतिक्रया दिनुहोस्