राष्ट्रसेवक कुमारको मैले माया गर्दा (भिडियो सहित)

सुर्खेत। राष्ट्रसेवक कर्मचारीसमेत रहेका दैलख नारायण नगरपालिका–६ का कुमार रेग्मीले मैले माया गर्दा गीत बजारमा ल्याएका छन् ।

मैले माया गर्दा शीर्षकमा रहेको उक्त कर्णप्रिय आधुनिक गीतका सर्जक तथा रचनाकार कुमार रेग्मी हुन भने कर्णप्रिय स्वर अहिलेका चर्चित गायक प्रमोद खरेलले दिएका छन् । पूर्ण संयोगको संगीतमा एउटा प्रेमिकाले प्रेमीलाई साँचो मायाभन्दा पनि धन पैसामा जोड दिएपछिको पीडाको अनुभूतिको मार्मिक ढंगले समेटिएको छ । पेसाले स्कुले जीवनदेखि नै कथा कविता गीत लेख्न र रेडियो नेपालमा पठाउने गरेको रेग्मीले बताए । ‘माया गर्दा बोलको गीत सबैको मन मुटुमा बस्न सफल हुनेछ भन्नेमा विश्वस्थ छु,’ उनले भने । उक्त गीतको म्युजिक भिडियो लोक गीत क्षेत्रमा चर्चित भिडियोका निर्देशक कपिल लामाले गरेका छन् । मोडेल स्वेता, देवेन्द्र, कमल कुमारको अभिनय रहेको उक्त म्युजिक भिडियोको छायांकन दुर्गा प्रधानले गरेका छन् ।

काठमाडौंका विभिन्न रमणीय स्थानमा सुटिङ भएको उक्त म्युजिक भिडियो कर्णाली प्रदेशमै अहिलेसम्मकै उत्कृष्ट रहेको निर्देशक लामाले बताए ।

भिडियो हेर्नुहोस्:

 

प्रतिक्रया दिनुहोस्