सशस्त्रको परीक्षा दिने १४ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं। सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।

सुनसरी, जुम्ला र सुर्खेतबाट गरी १४ जना नक्कली परिक्षार्थीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त भएपछि प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रतिक्रया दिनुहोस्