
काठमाडाैं । नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमकाे विरोधमा यही २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने या चुनावमा जाने भन्ने विषयमा विवाद हुँदा एक बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरु हुन सकेको थिएन ।
पदाधिकारी बैठकको यो निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु हुन लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
कांग्रेसको जारी बैठकमा संस्थापन पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा छ ।