वीरगन्जमा १ सय ५ किलो गाजासहित ७ जना पक्राउ

वीरगंज । ठूलो परिणाममा लागू औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरो, काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगंजबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका-२१ लालबाट १ सय ५ किलो अवैध लागूऔषध गाँजा (चिप्पड) सहित ७ जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २४ वर्षीय विजय तामाङ, सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय किशोर, कैलाश गाउँपालिका-१० बस्ने २६ वर्षीय रामलाल गोले, धादिङ बेनीघाटरोराङग गाउँपालिका-१ बस्ने ३७ वर्षीय निरज लामा, चितवन राप्‍ती नगरपालिका-२ बस्ने ५० वर्षीय सानुलाल तामाङ र पर्सा सखुवा प्रसौनी गाउँपालिका-३ बस्ने ५१ वर्षीय सहिद मियाँ आलम रहेका छन् ।

लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा लुकाई राखेको अवस्थामा गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।

 

 

प्रतिक्रया दिनुहोस्