प्रधानमन्त्री ओलीले भने ; सबैको सातो जानेगरी मत परिणाम ल्याउछौ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित निर्वाचनमा सबैलाई आश्चर्यचकित बनाउने गरी मत परिणाम आउने दाबी गरेका छन् ।

नेकपाकव् ओली पक्षीय अनेरास्ववियूले आइतबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले निर्वाचन केन्द्रित हुन संगठनलाई निर्देशन दिए।  बैसाखमा हुने निर्वाचनमा आफ्नो पक्षमा अरुलाई सातो जाने गरी मत आउने दाबी गरे।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई अहिले पनि कुर्सी खाली भएकाले पुनः पार्टीमा आउन आग्रहसमेत गरे ।

‘आउनुस्‚ कुर्सी यथावत् राखिएको छ। आउनु भएन भने पनि यो अभियान अघि बढ्छ‚’ ओलीले भने‚ ‘पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन। अझ मजबुत भएर आन्दोलन अघि बढ्छ।’ अब सुखी नेपाली र समृद्ध नेपालको यात्रा नरोकिने उनले बताए ।

पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरिएको उनको भनाइ छ। ओलीले पार्टीमा फर्किन पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षलाई आग्रहसमेत गरे ।

पार्टीको मिटिङमा आउनुस्। अपराधहरु क्षमा गरिदिउँला। कार्यकारी मैले दिएको थिएँ। तर उपद्रव मच्चाउनुभयो। मैले कार्यकारी हटाइदिएको छु। अध्यक्षको पद अहिले पनि कायमै राखेको छ’, उनले भने।

 

 

प्रतिक्रया दिनुहोस्