
काठमाडौँ । विभाजित नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।
आइतबार पेरिसडाँडामा बसेको नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका हुन् ।
मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने दाहालले बताएको एक स्थायी कमिटी सदस्यले बताए ।