कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ ।

पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज नयाँ दिल्लीमा निधन भएको हो ।

कोरोनाबाट पीडित उनको आज बिहान ११ बजे निधन भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

कोइरालाको विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो । निरञ्जन केशव कोइराला र नोना कोइरालाका छोरा हुन् ।

 

 

प्रतिक्रया दिनुहोस्