त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गर्दा उनी पक्राउ परेका हुन् । पक्राउ परेका राई झापा मेचीनगर-२ का बद्रीहाङ राई  भएको खुलेको छ । उनी  ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् ।

चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रया दिनुहोस्