अकस्मात लाइसेन्सको अनलाइन फाराम बन्द

काठमाडौं  । यातायात व्यवस्था विभागले सोमबारका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम बन्द गरेको छ।

सर्भरमा समस्या आएपछि सर्भर मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइनबाट दिन सकिने आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

१४ पुसदेखि शुरू भएको अनलाइन फाराम शुरू भएको एक साता नबित्दै  सर्भरमा समस्या देखिएको छ।

 

 

प्रतिक्रया दिनुहोस्