
बौनिया,कैलाली । कैलालीको लम्की-चुहा नगरपालिका ३ मा सोमबार एकजना मृत अवस्थामा भेटिएका छ्न ।
चिसापानी कर्णाली नदिको पश्चिम रानी जमरा सिचाईको ईन्टेक भित्र पानीमा डुबेको अवस्बथामा अन्दाजी ४०/४५ वर्षिय पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
प्रहरीका अनुसार शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।