नेपाली सेनाले माग्यो लेखा जमदारदेखि पूजारीसम्म करिब तीन सय कर्मचारी

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

मंगलबार एक सूचना निकाल्दै, जंगी अड्डाले लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा कर्मचारीका लागि दरखास्त खुलाएको गरेको हो। लेखा जमदारमा ५० जनाको माग भएको छ। जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग गरिएको छ ।

यसैगरी पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ। अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ। समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो। सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ। यर्सगरी सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको हो। कुचिकार पदमा भने खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ।

चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जना मागेको छ। जंगी अड्डाले लोहकार खुल्लातर्फ चार जना मागेको छ भने समावेशीसमेत गरी यस पदमा ८ जना माग भएको छ। खुल्लातर्फ १ जना धोबीसमेत गरी कूल २ जना धोबी मागेको छ। खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको जंगी अड्डाले जानकारी दिएको छ। सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गर्दै अड्डाले आवेदन खुला गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले निस्शुल्क उपलब्ध गराउनेछ। यसबारे अड्डाले आजको गोरखापत्रमा सूचना निकालेर विस्तृत जानकारी दिएको छ। दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने अड्डाले जनाएको छ।

 

प्रतिक्रया दिनुहोस्