कति पुग्यो सुनचाँदीको मुल्य ?

काठमाडौं। आइतबार स्थिर रहेको सुनचाँदीको भाउ त्यसयता निरन्तर बढ्न थालेको छ। स्थिर रहेको दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ कायम भएको थियो।

तर,सोमबार एकै दिन ८०० रूपैयाँ बढेर तोलामा ९५ हजार ३०० रूपैयाँ पुगेको सुनको भाउ आज मंगलबार फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार १०० रूपैयाँ बढेको छ।

यसरी लगातार बढेको सुनको भाउ दुई दिनमै प्रतितोला एक हजार ९०० रूपैयाँले बढेको छ। पछिल्लो समय घट्दोक्रममा देखिएको सुनको मूल्य दुई दिनयताको वृद्धिले फेरि उकालो क्रममा देखिएको छ।

जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ४ सय रूपैयाँ तोकिएको छ। यस्तै, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य उकालो लागेसँगै चाँदी पनि लगातार बढ्न थालेको छ। सोमबार प्रतितोला २५ रूपैयाँ बढेको चाँदी आज तोलामा १० रूपैयाँ बढेको छ। लगातार दुई दिन बढेपछि चाँदीको प्रतितोला मूल्य एक हजार ३ सय ३५ रूपैयाँ कायम भएको छ।

 

प्रतिक्रया दिनुहोस्