श्रीमती हत्या अभियोगमा श्रीमान पक्राउ

इलाम । श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका-८ आमबोटेका ३३ वर्षीय सुवाष राईरहेका छन् ।

घरायसी विषयमा विवाद बढ्दै जाँदा रिसको झोकमा सुवाषले आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई मंगलबार बिहान साढे ५ बजे  खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सुवाषले श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । शव परीक्षणको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रया दिनुहोस्