पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना पुष्टि, ५ सय ७८ संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा रहेका प्रयोगशालामा थप चार हजार ५ सय ५१ पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ५७ हजार ४ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २ सय ३२ जना रहेका छन्। जसमा महिला ९३ छन र पुरुष एक सय ३९ जना छन्।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६२ हजार ७ सय ८४ जना छन्। जसमध्ये सक्रिय संक्रमित पाँच हजार २ सय २५ छन्। बितेको २४ घण्टामा थप आठजना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ जना पुगेको छ।

पछिल्लोपटक ५ सय ७८ संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन्। निको हुनेको दर ९७ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ४२ छ।

प्रतिक्रया दिनुहोस्