राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै इटहरीमा बृहत प्रदर्सन हुँदै

काठमाडौ । राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाको माग गर्दै इटहरीमा प्रदर्सन गरिने भएको छ । पछिल्लो समय दलिय तन्त्रका कारण मुलुक संकटको दिशातिर उन्मुख भएको भन्दै देशको सार्वभौमसत्ता र अखण्डताका निम्ति राजा ल्याउ देश वचाउ भन्दै बृहत प्रदर्सनको तयारी भएको हो ।

बुधबार इटहरी विराटनगर लाइनबाट सुरु हुने बृहत कार तथा मोटरसाइकल र्यालीको आयोजना पुर्वान्चलबासी जनताको तर्फबाट हुने जनाईएको छ । उक्त कार्यक्रममा राजावादी निकट चर्चित अभियान्ता र व्यक्तिको समेत उपस्थिति रहने आयोजकले जनायो ।

कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण पुर्वान्चलबासीलाई अपिल गरिएको छ । कार्यक्रम मध्यान्न १२ बजेदेखि सुरुहुने जनाईएको छ ।

आयोजकका अनुसार बर्तमान सरकार पुर्णतः असफल भएको आरोप लगाउदै राजसंस्थाको पुन;स्थापनाबाट मात्रै देशले निकाश पाउने भएकाले सम्पुर्णलाई र्यालीमा सहभागि भएर राजसंस्था पुनःस्थापनाको लागि दबाब दिन र जनताको अभिमत शक्ति प्रदर्सनबाट देखाउन आब्हानसहित कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रया दिनुहोस्