प्रहरीका ३० एसपी र ६९ डीएसपीकाे सुरुवा,कोहलपुरमा रविन्द्र खनाल(सुचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३९ जना प्रहरी उपरिक्षकहरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी बेलबहादुर पाण्डेलाई सरुवा गरिएको छ । काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ ।

कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ । त्यस्तै ६९ जना प्रहरी नायव उपरीक्षकहरू पनि आजै सरुवा भएका छन्  । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।

ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ ।  महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ । मनाङमा सुवास खड्कालाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ ।
को कहाँ सरुवा भए गेर्नुहोस ।

saruwa-dsp-janapad-2077-09-21

 

 

 

 

प्रतिक्रया दिनुहोस्