लोकसेवा आयोगमा सोधिने केही महत्त्वपूर्ण प्रश्नोत्तरहरु हेर्नुहोस

काठमाडौ । लोक सेवा आयोगबाट बारम्बार सोधिएका प्रश्नोत्तरहरु समेत हुन ।

१. पन्ध्रौँ योजना (२०७६/७७–२०८०/८१) को आधारपत्रअनुसार बेरोजगारी दर कतिमा झार्ने लक्ष्य राखिएको छ ?

-६ प्रतिशत (नोट – २०७४/७५ मा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ ।)

२. नेपालको सुदूरपश्चिम प्रदेशमा कोइली कराउन थालेपछि कोसेली लिएर दिदीबहिनी भेट्न जाने चलनलाई कुन पर्व भनिन्छ ?
-चैतेलो वा भेटौला पर्व

३. अध्ययनका लागि चन्द्रमामा पठाइएको इजरायलको अन्तरिक्षयान चन्द्रमाको सतहमा कहिले दुर्घटना भयो ?
-२०१९ अप्रिल १२
(नोट – इजरायलको “बेरेसिट” नामक यान मौसमको खराबीका कारण चन्द्रमाको सतहमा विस्फोट भएको हो ।)

४. नेपाल साप्ताहिकले “वर्ष व्यक्ति २०७५” कसलाई घोषणा गर्‍यो ?
-दुर्गादेवी पन्त (कञ्चनपुर), निर्मला पन्तकी आमा

५. पर्वतारोही डन वार्गोस्कीका अनुसार ७,१६२ मिटर अग्लो वरुणत्से हिमालमा पुग्ने कुकुरको नाम के हो ?
-मेरा (पोथी कुकुर) (नोभेम्बर ९, २०१८ मा उक्त कुकुर वरुणत्से हिमाल पुगेको हो ।)

६. पश्चिमी अफ्रिकी देश टोगोको राजधानी कहाँ रहेको छ ?
-लोम (नोट – टोगो नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने १६४ औँ राष्ट्र हो ।)

७. बाह्रौँ राष्ट्रिय बौद्ध सम्मेलन कहाँ सम्पन्न भयो ?
-लमजुङ (२०७५ चैत्र २४ गते)

८. राष्ट्रिय विकास परिषद् २०७५ को गठन कहिले भयो ?
-२०७५ चैत्र ८(नोट – राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७४ को व्यवस्थाअनुसार गठन भएको ।)

९. हालसम्मको रेकर्डअनुसार सबैभन्दा वृद्ध फुटबल खेलाडी को हुन् ?
-इन्साक खायिक (इजरायल) (नोटः– ७३ वर्षीय खायिक इजरायलको क्लब ओर येहुदाबाट गोलरक्षक बनी फुटबल खेलेका थिए ।)

१०. विभिन्न समयमा भएका युद्ध झल्किने गरी “युद्ध स्मारक पार्क” कहाँ निर्माण हुँदैछ ?
-कीर्तिपुर

११. २०७५ साल चैत्र १७ गते बारा र पर्सा जिल्लामा विध्वंश मच्चाउने गरी आएको आँधीहुरीलाई  के नामाकरण गरिएको छ ?
िटोर्नाडो

१२. समलिंगी विवाहलाई ढुंगाले हानेर मार्ने कानुन बनाउने देश कुन हो ?
-ब्रुनाई

१३. हालै महिला विभेदविरुद्धको युएन समितिको उपाध्यक्षमा को नियुक्त भएकी छन् ?
-बन्दना राणा

१४. पाँचौं महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि कुन राष्ट्रले जित्यो ?
-भारत  (नोटः– भारतले नेपाललाई फाइनलमा ३ का विरुद्ध १ गोलले पराजित गरेको हो ।)

१५. मानिसको वैज्ञानिक नाम होमोसेपिन्स हो भने भैँसीको वैज्ञानिक नाम के हो ?
-बुबालस बुबालिस

१६. राष्ट्रिय कलाश्री सम्मान २०७५ कसलाई प्रदान गरियो ?
-बैरागी काइला (नोट – उक्त पुरस्कारको राशी १ लाख रहेको छ ।)

१७. नेपालको पहिलो महिला सचिव को हुन् ?
-चन्द्रकला किरण

१८. “भिजन फाइभ मिलियन योजना” के हो ?
-प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सन् २०३०सम्म वार्षिक ५० लाख पर्यटक भिœयाउने लक्ष्यसहित तर्जुमा गरेको अभियान हो भिजन फाइभ मिलियन योजना ।

१९. ओजोन तहको क्षयीकरण नाप्ने एकाइ कुन हो ?
-डबसन

२०. चर्चित साहित्यिक उपन्यास “मृत्युको आयु” कृतिका लेखक को हुन् ?
-रवीन्द्र समीर

२१. काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखला ६,१५१ मिटर उचाइको ग्याल्जेन हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला कहिले प्रवेश गर्‍यो ?
-२०७५ चैत्र २६ (नोट – माया गुरुङ, मिलन लामा र सर्मिला थापाको टोलीले आरोहण गरेको हो ।)

२२. नेपाल सरकारले देशमा विद्यमान रहेका पाँचवटै विकास क्षेत्र कहिले खारेज गर्ने निर्णय गर्‍यो ?
-२०७५ चैत्र २८

२३. स्मार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९ को उपाधि कसले जित्यो ?
-प्रिन्सा खड्का

२४. विश्वको राम्रो कानुनी शासन भएको देशमा नेपाल कति औं स्थानमा पर्दछ ?
– ६३ औं (पहिलो डेनमार्क र अन्तिम भेनेजुयला)
२५. “The Great Himalayan Trail” ले कति राष्ट्रलाई जोड्दछ ?
– ४
२५. ‘Two by Two by Two’ सिद्धान्त केसगँ सम्बन्धित छ ??
– अन्तर्राष्ट्रिय व्यापार (Int’l trade)
२६. नेपाल सँग भारतको कति ओटा नाका खुला रहेको छ ?
– २७
२७. ६५०० कि.मि. लामो सिल्क राेड कहाँ बाट सुरू भएर कहाँ अन्त्य हुन्छ ?
– चिनको सियान देखि इटलीको रोम
२८. काठमाडौँ सगँ भागिनी सम्बन्ध कायम भएको चिनियाँ सहर कुन हाे ?
-कान सु प्रान्तकाे सदरमुकाम लान चाै
२९. ‘सेतो शहर’ भनेर कुनलाई चिनिन्छ ?
– बेलग्रेड
३०. शरिरमा रगतविना नै श्वास प्रश्वास गर्ने जीव कुन हो ?
– हाइड्रा
३१. पृथ्वीनारायण शाहको छोरी को हुन् ?
– बिलसकुमारी
३२. नेपालमा कहिले देखि रु. १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ?
-२०७३ माघ २३
३३. हुलाकी राजमार्गको पहिलो चरणले कति जिल्लालाई समेटिएको छ ?
– १५ जिल्ला
३४. सबैभन्दा उच्च उचाइमा फिल्म अवार्ड समारोह आयोजना गरी गिनिज वर्ल्ड रेकर्डमा नेपालले कहिले नाम लेखाए ?
– सन् २०१६ नोभेम्बर २८
१३. इन्टरपोलको २३औं क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्मपन्न भएको हो ?
– २०७३ माघ ७, काठमाडौँ
३५. नेपालको कृषि बैंकले कहिले देखि साना किसान विकास कार्यक्रम सुरु गरेको हो ?
– वि.सं. २०३२
३६. कृषि विकास बैंकले कहिले नेपाल राष्ट्र बैंक बाट ‘क’ वर्गको वाणिज्य बैंकको इजाजत प्राप्त गरेको हो ?
– २०६२ चैत्र ३
३७. नेपालको ११औं राष्ट्रिय निकुञ्ज कुन हो ?
>> शुक्लाफाँटा (३०५ वर्ग किमि, कञ्चनपुर)
३८. बाह्रसिङ्गेका लागि प्रसिद्ध रा. नि. कुन हो ?
– शुक्लाफाँटा
३९. वि.सं. २०७३ कार्त्तिक १ मा मकवानपुरको दामनमा फेला परेको नयाँ चरा कुन हो ?
-ग्रे साइडेड थ्रस
४० थारु समुदायमा वंशाणुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ पहिलो पटक कहिले पत्ता लागेको हो ?
– सन् १९९१
४१. नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको कति औं स्थानमा पर्दछ ?
– ११ औं
४२. प्रमाणीकरण भएको ९१औं दिन देखि प्रारम्भ भएको एेन कुन हो ?
– राष्ट्रिय युवा परिषद् ऐन,२०७२
२२. नेपालको कति जिल्लामा अल्लो उत्पादन हुने गरेको छ ?
– ५८
४३. ‘उत्तम शान्ति पुरस्कार’ को राशि कति हो ?
– रु. ३५ हजार

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्