तस्वीरमा चिसापानी ; टिकटक बनाउनेदेखि सेल्फी खिच्नेसम्म

बौनिया,कैलाली । कर्णाली चिसापानी पर्यटन प्रवद्र्धनको हिसाबले ‘महत्त्वपूर्ण’ क्षेत्र हो । यो क्षेत्र कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान पनि हो । अझ भन्नुपर्दा यसलाई सुदुरपश्चिमको प्रवेशद्वारका रूपमा समेत लिइन्छ । (तस्वीर ;Ramesh Bam/himalitimes)

यसलाई कैलालीका साथै अछाम, बाजुरा र कर्णाली प्रदेशका सबै जिल्लाहरुको व्यापारीक केन्द्र पनि हो ।

पर्यटनको दृष्टीकोणले चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलको रुपमा लिने गरिन्छ । चिसापानीको सिमाना सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि चिसापानीमा पर्यटकहरुको घुइँचो लागेको देख्न सकिन्छ । पछिल्लो समय चिसापानी पुलमा टीकटक भिडियो बनाउने देखि सेल्फी खिच्नेको बाक्लो भिड देख्न सकिन्छ ।

 

 

 

 

प्रतिक्रया दिनुहोस्