अनेरास्ववियूद्वारा जाजरकोटमा खानेपानी मन्त्रीलाई कालो झन्डा

खलंगा । अनेरास्ववियू जाजरकोटले खानेपानी मन्त्री मणि थापालाई कालो झन्डा देखाएका छन् ।

नेकपा ओली पक्षको कार्यक्रममा सहभागी हुन जाँदै जाजरकोट बाट नेपालगन्ज जाँदै गर्दा मन्त्री थापालाई प्रचण्ड–नेपाल पक्ष अखिल बिद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।

अनेरास्ववियूको केन्द्रीय सर्कुलर बमोजिम नै जाजरकोट भेरी नगरपालिका–४ बोहरा मा कालो झन्डा प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रीय सदस्य ज्ञानु खड्काले जनाए ।

अनेरास्ववियूले दोस्रो चरणको कार्यक्रम अन्तर्गत पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ।

प्रतिक्रया दिनुहोस्