सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराले दिए राजीनामा

धनगढी । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।

ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले आज पदबाट राजिनामा दिएको हुन् ।ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहोरा नेकपा नेता लेखराज भट्टनिकट मानिन्छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा प्रचण्ड-नेपाल समूहका हुन् । सुदूरपश्चिम प्रदेशसभामा प्रचण्ड-नेपाल समूहकै बहुमत छ ।

पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्री सहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताइएको छ ।

प्रतिक्रया दिनुहोस्