कोरोना अपडेट; पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए,६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६३ हजार १९३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९५ रहेको छ । त्यसैगरी, सक्रिय संक्रमितको संख्या ५१३३ छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण हालसम्म कुल १८९९ ले ज्यान गुमाएका छन् ।

 

 

प्रतिक्रया दिनुहोस्