धनगढीमा ७० वर्षिय कोरोना संक्रमितको मृत्यु

कैलाली । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ ।  धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ का ७० वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो।

उप–महानगरपालिका – ४ का ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार निमोनिया पीडित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा बुधबार साझ मृत्यु भएको हो ।

यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ७३ पुगेको छ।

प्रतिक्रया दिनुहोस्