
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा पहिलेको तुलनामा मौसम सफा रहने जनाएको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि सामान्य बदली भइ केही स्थानमा मौसम सफा रहनेछ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
सुदुरपश्चिम प्रदेश र प्रेदश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति पनि प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रही केही चिसो पनि हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।