राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक जारी

काठमाडौं। राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्‍भावित कार्यसूची छ। साथै बैठकमा राष्ट्रियसभाका अध्यक्षले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।

बैठकको सुन्य समयमा सांसद कोमल वली लगाएतले बोलेका छन् भने बिशेष समयमा वामदेव गौतम लगाएतका ब्यक्तिहरुले बोलेका छन् ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभामा खासै एजेण्डा नहुने भएकाले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ।

प्रतिक्रया दिनुहोस्