
सर्लाही। सर्लाहीको हरिवनमा रहेको मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा वेदनिधि बराल र लेपाखढी व्यवसायी रामसुन्दर महतो घुससहित पक्राउ परेका छन्।
लालपूर्जामा नाम सच्याउने प्रयोजनमा सेवाग्राहीसँग ११ हजार रुपैयाँ लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिबासस्थित आयोगको कार्यालय लगिएको अख्तियार कार्यालयले जनाएको छ।