
सुर्खेत। दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ ।
कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।
नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।
उनकाअनुसार बस नदीमा डुबेको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको पनि भट्टराइको भनाइ छ ।
‘कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु,’ वडाध्यक्ष भट्टराईले भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता रहेको र उनको खोजी कार्यमा जुटेका छौं ।’
वडाध्यक्ष भट्टराईकाअनुसार बस नम्बर भने खुलेको छैन् ।