सुर्खेतमा बस दुर्घटना अपडेटः मृतकको सनाखत, २ जना घाइते

सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबर्इ गाउँपालिका ३ का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनका अनुसार अरु २ जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ। प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए।

प्रतिक्रया दिनुहोस्