राप्रपा बाँकेले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धूमधामका साथ मनाउने

कोहलपुर ब्यूरो । राप्रपा बाँकेले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धूमधामसाथ मनाउने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको पुर्व सन्ध्यामा राप्रपाले बिहिवार नेपालगन्जमा नेता एवं कार्यकर्ताहरू सँग छलफल समेत गरेको छ ।

(तस्वीर ; आशा थापा बिष्टको फेसबुकबाट)
छलफलमा राप्रपा नेता धवलसम्सेर राणाले नेपाल एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानलाई देशभक्त नागरिकले भुल्न नहुने बताए । उनलेे राष्ट्रिय एकता दिवसका अवसरमा नेपालले लिएको आफ्नो गलत बाटो सच्याउन सबैले ध्यान दिनुपर्ने बताए ।

पछिल्लो समय मुलुकमा देखिएको सत्ता स्वार्थको राजनीति र त्यसको मौकामा विदेशी चलखेल बढेको भन्दै अब देश र जनताको लागि राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य भएको बताए ।

कार्यक्रममा राप्रपाका युवा नेता ऋषिराज देवकोटाले गणतान्त्रिक सरकारले राष्ट्र निर्माता तथा नेपाल एकीकरणका राष्ट्र नायक पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवशलाई व्यवास्ता गरेपनी नागरिक स्तरबाट भने यसलाई हर्षउल्लासका साथ मनाउने तयारी भएको बताए ।

विदेशी नेताको फोटो पुज्नुभन्दा राष्ट्रनिर्माताप्रति सम्मान गरे मुलुक र नेपालीको शीर उचो हुने बताए ।  राप्रपाले देशैभर राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । विदेशमा समेत राप्रपाका प्रवासीहरूले विगत वर्षहरूमा झैँ राष्ट्रिय एकता दिवस मनाउने भएका छन्।

विक्रम सम्वत् १७७९ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रका रुपमा गोर्खा जिल्लामा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कारेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश हरेक वर्ष पुस २७ मा मनाउने गरिन्छ । यद्यपि देशमा गणतन्त्र स्थापना पछि भने सरकारले यो दिसश मनाउन र सार्वजनिक विदा समेत कटौती गरेपछि नागरिकस्तरमा मात्रै मनाइदै आएको छ ।

 

 

 

 

 

 

प्रतिक्रया दिनुहोस्