
काठमाडौ । सरकारले देशका विभिन्न २५९ ओटा स्थानीय तहमा यसैवर्ष भित्र आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नतिको काम थाल्ने भएको छ ।
आर्थिक वर्ष २०७७/८८ को नीति तथा कार्यक्रम अनुसार सरकारले भूगोल तथा जनसंख्याको आधारमा छनोट गरि त्यसको काम थाल्ने भएको हो । जसमा ५,१० र १५ शैयाको अस्पताल भवन निर्माण तथा स्तरोन्नतिको काम थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले केही महिना अघिमात्र देशका झण्डै ३ सय बढी स्थानमा एकैपटक भवन शिलान्यासको कार्यक्रम सम्पन्न गरेको थियो । ती मध्यबाट छनोट गरि यो वर्ष २५९ स्थानीय तहमा मात्रै भवन निर्माणको काम थालिने भएको छ ।
सुचीसहित हेर्न क्लिक गर्नुहोला
५.१०.१५ शैया आधारभुत अस्पताल सम्बन्धमा (श्री सबै सथानिय तह सुचि सहित)