फेसबुक र इन्स्टाग्रामबाट डोनाल्ड ट्रम्पलाई किक आउट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी संसद भवनमा भएको हिंसापछि फेसबुकले यसअघि राष्ट्रपति ट्रम्पको भिडियो हटाउदै २४ घण्टाको प्रतिबन्ध लगाएको थियो । तर विहिबार फेसबुकका प्रमुख मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्पलाई कम्तिमा उनको कार्यकाल भरि फेसबुक प्रयोग गर्न नपाउने जानकारी गराएका हुन् ।

जुकरबर्गले राष्ट्रपति ट्रम्पले अब आफ्नो बचेको आफ्नो कार्यकालको समयमा फेसबुकको प्रयोग गलत तरिकाले गर्नसक्ने बुधबारको घटनाले देखिएको भन्दै उनलाई कम्तिमा यस अवधिभरि प्रतिबन्ध लगाइएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले संसदमा भएको हिंसाको निन्दा गर्नुको साटो उनीहरुलाई माया गर्छु भन्दै सामाजिक संजाल फेसबुक, ट्वीटरको प्रयोग गरेका थिए । जुकरबर्गले राष्ट्रपति ट्रम्पको उद्धेश्य हिंसा भड्काउने भएकाले फेसबुकले उनको भिडियो हटाएको स्पष्ट गरेका छन् ।

 

 

 

प्रतिक्रया दिनुहोस्